५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

२४० लिटर डिजेल सहित भारतीय पक्राउ

काठमाडौं— बढी मुल्यमा पेट्रोलियम पदार्थ विक्री गर्ने काठमाडौ‌ं महानगरपालिका–१४ बल्खु स्थित ओम नमशिवाय वर्कशपका संचालक भारत रक्सौल घर भएका २२ बर्षीय बालेश्वर शाहलाई प्रहरीले ३ सय ४० लिटर डिजेल सहित पक्राउ गरेको छ।साहले प्रति लिटर २ सय ३० मा डिजेल विक्री वितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीवाट खटिएको टोलीले उक्त डिजेल सहित सोमबार साहलाई पक्राउ गरेको हो।

यसैगरी किर्तिपुर नगरपालिका–३ स्थित किर्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री गरिरहेका झापा बाहुनडाँगी–८ घर भएका २२ बर्षीय मनोज गुरागाईलाई प्रहरीले सोमबार ३ सय ५ लिटर पेट्रोल सहित पक्राउ गरेको छ।

प्रकाशित: १५ मंसिर २०७२ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App