१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

भारतीय बस आगजनीकाे कारण खाेज्दै प्रहरी


पोखरा—पोखराको लेकसाइडस्थित डिको पाटनमा पार्किङ गरेर राखिएको भारतीय नं प्लेटको गाडीमा भएको आगजनी सम्बन्धमा प्रहरीले आज दिनभर अनुसन्धान गर्यो।पोखरा भ्रमणका लागि यात्रु लिएर आएको उक्त गाडीमा राति १:३० बजे आगजनी भएको र त्यस सम्बन्धमा अनुसन्धान जारी भए पनि हालसम्म कारण खुल्न नसकेको कास्की प्रहरीका प्रवक्ता कृष्णबहादुर बल्लीले जानकारी दिए।

उनका अनुसार उत्तर प्रदेशको नं रहेको उक्त बस आइतबार बेलुका ९:३० बजे पोखरा आइपुगेको थियो। आगजनीले बसभित्रका सिट जल्नाका साथै इन्जिनमा पनि क्षति पुगेको छ। रासस

प्रकाशित: १४ मंसिर २०७२ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App