१७ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

छोटेलालले सिरानीमुनिबाट पोस्तोल निकालेपछि...

काठमाडौं–हतियारसहित भागेका नेपाल प्रहरीका भगौडा जवान छोटेलाल ठाकुर सुनधारास्थित लुम्बिनी पाहुना घरमा रहेको खबर पाएपछि प्रहरीले उनलाई पिछा गर्यो। प्रहरीले आफूलाई पिछा गर्दै आएको देख्नासाथ ठाकुरले ओछ्यानको सिरानीमुनि लुकाएर राखेको पोस्तोल प्रहरी टोलीलाई ताके।

DSC00004

बरामद पेस्ताेलको गाेली गणना गर्दै अपराध महाशाखाका प्रहरी

 

उनले पेस्तोल निकाल्न ताकेपछि प्रहरीले फायर खोलेको थियो। प्रहरीको फाएर पछि ठाकुरको खुट्टामा गोली लागेको छ।  महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले ठाकुर पक्राउ परेको बताए। प्रहरीका अनुसार उनीसँगै अर्का एक युवक पनि पक्राउ परेका छन्। दुईवटा पेस्तोल प्रहरीले बरामद गरेको छ।

DSC00007

बरामद पेस्ताेलको विवरण संकलन गर्दै अपराध महाशाखाका प्रहरी

बरामद गरेको एक पेस्तोल नेपाल प्रहरीकै भएको बताइएको छ। दुईवटा म्यागजिनमा गोलीसमेत रहेको प्रहरीले बताएको छ। उनीहरुको साथबाट लोड गरिएको एक चाइनिज पेस्तोल समेत बरामद भएको छ। ठाकुर लुटपाट, फिरौती संकलन लगायतका काममा संलग्न रहदै आएका थिए।

DSC00008

बरामद दुई पेस्ताेल

DSC00005

सबै तस्बिर: पवित्रकुमार शाही

प्रकाशित: १२ मंसिर २०७२ २३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App