२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

अज्ञात समूहद्वारा स्कुलमा पेट्रोल बम प्रहार

महोत्तरी- अज्ञात व्यक्तिहरुको समूहले सोनामाई-२ स्थित एसएम ग्यालेक्सी बोर्डिङ स्कुलमा पेट्रोल बम प्रहार गरी आगजनी गरेको छ। शुक्रबार साँझ ७ बजे विद्यालयमा कोही नभएको मौका छोपी आधा दर्जनको समूहमा आएका ती समूहले स्कुलमा पेट्रोल बम हानेको स्थानीयले बताएका छन्। बम प्रहारबाट प्रिन्सपल बस्ने कोठामा आगजनी भइ क्षति भएको छ।जलेश्वर बर्दिवास सडक खण्डअन्तर्गत सोनामाई-२ मा अवस्थित उक्त स्कुलको पछाडिबाट झयाल खोलेर पेट्रोल बम प्रहार गरेको स्कूलका सञ्चालक श्याम यादवले बताएका छन्। आगजनीबाट कार्यालयभित्र रहेको फर्निचर र आवश्यक कागजात पूर्णरुपमा जलेर नस्ट भएको यादवले बताए।

साँझको समय स्कुल सुनसान रहेको र अँध्यारोसमेत भइसकेको अवस्थामा आगजनी गरिएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ। स्कुलका प्रिन्सपलसमेत रहेका यादवले यसअघि पनि आफ्नो स्कुलमा एक समूहले छठ अगाडि क्षति पुर्यारएको बताए। सोही समूहले नै बन्द हड्तालको नाममा आफनो स्कुलमा आगजनी गरेको हुनसक्ने उनको अनुमान छ।

मधेसी मोर्चाले भने यसको जिम्मेवारी लिन मानेनन्। मोर्चाले बिहानीको समयमा स्कुल सञ्चालन गर्न बाधा नपुर्याुउने निर्णय गरिसकेको भन्दै यो घटनामा आफूहरुको संलग्नता नरहेको बताएको छ।

घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी विनोद सिलवालले बताएका छन्।

प्रकाशित: ११ मंसिर २०७२ २२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App