धनगढी—कैलालीको भजनी त्रिशक्ति नगरपालिका गन्जहुँवास्थित सयपत्री समुदायको वन क्षेत्रमा रोकिराखिएका जिपमा आज आगजनी गरिएको छ।भजनी इलाका कार्यालयका अनुसार रोकिराखिएको 'अल्फावेट' नखुलेको १०४६ नम्बरको जिपलाई दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले आगजनी गरेका हुन्।
अन्तर्राष्ट्रिय करिडोरको रुपमा रहेको कैलालीको वसन्ता वन क्षेत्रको वातावरण अध्ययन गर्नेले भाडामा लिइराखेको सो जिपमा आगजनी गरिएको जिल्ला वन अधिकृत हेम अर्यालले जानकारी दिए। रासस
राष्ट्रिय जनगणना अनुसार ६१ लाख ४४ हजार ६०० जनसंख्या रहेको मधेस प्रदेशमा ३६ लाख ३६ हजार ४१३ मतदाता छन्। यो प्रदेशबाट प्रतिनिधिसभामा ३२ जना सदस्य निर्वाचित हुन्छन्।