२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

दिक्तेल डोजो च्याम्पियन

खोटाङ- खोटाङमा सातौं जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा १५ स्वर्ण, १५ रजत र २३ कांस्य पदक जित्दै दिक्तेल डोजो टिम च्याम्पियन भएको छ। नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा भएको प्रतियोगितामा २ स्वर्ण, १ रजत र २ कांस्यसहित जालपा डोजो दोस्रो तथा १ रजत र ७ कांस्यसहित अर्खौले डोजो तेस्रो भएका छन्।महिलातर्फ २० केजीमा साइना राई र अरुणा राई, २५ केजीमा अरुणा राई र बिनीता रसाइली, ३० केजीमा सलिना भुजेल र ईश्वरी राई, ३५ केजीमा एलिना राई र सरु विष्ट, ४० केजीमा नन्जु राई र मीना बुढाथोकीले स्वर्ण र रजत जितेका छन्।

४५ केजीमा रोश्मा राई र अस्मिता राई, ५० केजीमा जस्मिना राई र कृष्चना खड्का, ५५ केजीमा विद्याकला राई र प्रिया राई क्रमशः प्रथम र द्वितीय भए। महिला एकल कातातर्फ जस्मिना राईले स्वर्ण जितिन्।

पुरुषतर्फ २५ केजीमा सूर्यचन्द्र राई र संयोग भुजेल, ३० केजीमा अशोक राई र प्रशान्त राई, ३५ केजीमा उत्साह राई र रोशन श्रेष्ठ, ४० केजीमा सरोज दाहाल र बिकल राई, ५० केजीमा गौतम राई र सुजन राई, ५५ केजीमा सुजन राई र तपेन्द्र राई, ६० केजीमा एडिसन राई र प्रकाश खत्री क्रमशः विजेता र उपविजेता भएका छन्। एकल कातामा सूर्यचन्द्र राईले स्वर्ण जिते।

कार्यक्रममा राष्ट्रिय प्रतियोगिताका पदक विजेता विद्याकला राई, अर्जुन श्रेष्ठ, रोशन गुरुङ र प्रशिक्षक मिलन कसजूलाई नगदबाट सम्मान गरिएको थियो। जिखेविसका पूर्व पदाधिकारी विनोद उदास, लीलाकुमार बजिमय, सगुन ताम्राकार, दीपेन्द्र राई, मनकुमारी रसाइली, माधव राईसहित तेक्वान्दो खेलाडी डार्बिन राई, स्वयंसेवक प्रशिक्षक युवराज राई, भलिबल खेलाडी दीपेन्द्र राईलाई पनि सम्मान गरियो।

क्षेत्रीयलाई खेलाडी छनोट

क्षेत्रीय खेलकुदमा खोटाङबाट सितोरियोका खेलाडी छनोट गरिएको छ। महिला कुमितेतर्फ ४५ केजीमा रोश्मा राई, ५० केजीमा विद्याकला राई, ५५ केजीमा प्रिया राई, ६१ केजी मा चन्द्रकला राई, ६८ केजीमा नवीना राई र ६८ केजी माथिमा लक्ष्मी श्रेष्ठ तथा एकल कातामा रोश्मा राई तथा टिम कातातर्फ रोश्मा, जस्मिना र विद्याकला राई छानिएका छन्।

पुरुष कुमितेतर्फ ५० केजीमा गौतम राई, ५५ केजीमा नवीन राई, ६० केजीमा सन्तोष राई, ६८ केजीमा मिलन कसजू, ७५ केजीमा राकेश राई र ८४ केजीमा सञ्जयकुमार राई तथा एकल कातामा मोतीचन्द्र राई तथा टिम कातामा मोतीचन्द्र, सुमन र नवीन राई छानिएका छन्।

प्रकाशित: ३ मंसिर २०७२ २१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App