५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

अज्ञात समूहको गोली प्रहारबाट कलवार घाइते

रौतहट- अज्ञात समूहको गोली प्रहारबाट सुरेन्द्र साह कलवार घाइते भएका छन्। कर्कच कर्मैया गाविस ६ स्थित घरमा सुतिरहेको अवस्थामा उनी माथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक सानुलाल प्रसाद जैसवारले बताए।कलवारलाई उक्त समूहले झ्यालबाट गली प्रहार गरेर भागेको थियो। कलवारको घाँटी निर गोली लागेको छ। उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ।

घटनामा संलग्न भएको शंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले मुकेश ठाकुर र स्याम नन्दन यादवलाई पक्राउ गरेको हो।

प्रकाशित: १ मंसिर २०७२ २२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App