५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

एमबिबिएसका नक्कली परीक्षार्थी पक्राउ

महेन्द्रनगर (धनुषा)— धनुषामा एमबिबिएसको पुरक परीक्षामा परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैया जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चलिरहेको परीक्षामा भाइको ठाउँमा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी भारत मधुवनीका २५ वर्षका मोहम्मद अफताव आलम आज पक्राउ परेको प्रहरीले जनाएको छ ।

अफताव अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक हरिहर ढकालले जानकारी दिए। परीक्षा सुरु भएको २० मिनेटमै अफतावले उत्तरपुस्तिका बुझाएपछि शङ्का लागेर छानविन गर्दा नक्कली परीक्षार्थी भन्ने थाहा भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १८ कार्तिक २०७२ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App