१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

कतारबाट फर्केका नेपाली २० तोला सुन सहित विमानस्थलमा पक्राउ

काठमाडौं— कतार एयरवेजबाट काठमाडौं आएका एक जनालाई प्रहरीले २० तोला सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। बिहीबार कतार एयरवेजको क्युआर–६४६ उडानमार्फत् दोहाबाट काठमाडौं आएका कास्की–३ भलाम घर भएका २६ वर्षे सुशीलबहादुर केसी पक्राउ परेका हुन्।उनले पाइन्टको पछाडिको खल्तीमा लुकाइ १०–१० तोलाका दुई टुक्रा भन्सार जाँचमा छली नेपाल ल्याउन खोज्दा प्रहरीले पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७२ २३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App