२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

अाफैँले कञ्चटमा गाेली हानेर युवकद्वारा आत्महत्या

इटहरी—सुनसरी जिल्लाको दुहवी भलुवा नगरपालिका–४ निवासी २६ वर्षीय जयप्रकाश नारायण चौधरीले आफ्नै घरको कोठामा कञ्चटमा गोली हानी आत्महत्या गरेका छन्।लागुऔषधका अम्मली रहेका चौधरीले घरेलु पेस्तोलले कञ्चटमा गोली हानेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

परिवारजनले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेका प्रहरी निरीक्षक शिवकुमार पोख्रेलअनुसार चौधरीले दुई गोली लोड भएको पेस्तोलबाट एक गोली चलाएको र एक गोली पेस्तोलको म्यागजिनमा नै रहेको भेटिएको छ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको छ।

प्रकाशित: ११ कार्तिक २०७२ २१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App