राष्ट्रपति निर्वाचन बहिस्कार गरेको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चामा आवद्ध सद्भावना पार्टीकी माधवी रानी साहले अन्तिम समयमा आएर मतदान गरेकी छन्। मोर्चा आवद्ध अन्य ३४ सांसद अनुपस्थित रहे।
राष्ट्रपति निर्वाचनमा कूल ५४९ मत खसेको छ। ४८ अनुपस्थित रहे। सभामुख ओनसारी घर्ती मतदानमा सहभागी भइनन्। उनी तटस्थ बसेको संसद सचिवालयका प्रवक्ता भरत गौतमले जानकारी दिए।
२ बजे मतदान गर्ने समय सकिएपछि मतपेटिका सिल गर्ने, मुचुल्का उठाउने र गणनास्थलमा लैजान काम भइरहेको छ। २ः३० बजेदेखि मतगणना गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले ४ः४५ मा परिणाम सभामुख समक्ष बुझाउनेछ। ५ बजेको संसद बैठकमा सभामुखले निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित: ११ कार्तिक २०७२ ०२:४४ बुधबार




-600x400.jpg)
