नयाँ संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था भएपनि अहिले हुने राष्ट्रपतिको निर्वाचन संविधानले व्यवस्था गरेको संक्रमणकालीन व्यवस्था अनुसार हुन लागेको हो । संविधानको धारा २९१ ले राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्थागरेको छ । संविधानको धारा २९१ को उपधारा १ मा संविधान प्रारम्भ हुँदाको बखत कायम रहेका राष्ट्रपति र उपराष्ट्रपति यस धारा बमोजिम अर्को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित नभएसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ।
यसैगरी यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका–संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको रहेनछ भने धारा २९० को उपधारा (६) बमोजिम अधिवेशन आह्वान भएको मितिले एक महिनाभित्र राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन धारा २९० को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले गर्नेछ ।
उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्नु पर्नेछ। उपधारा (२) वा (३) बमोजिम निर्वाचित राष्ट्रपति वा उपराष्ट्रपतिको पद कुनै कारणले रिक्त भएमा संघीय संसदको गठन नभएसम्म यसै धारा बमोजिम व्यवस्थापिका–संसदबाट राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन गरिनेछ व्यवस्था गरिएको छ।
(५) यस धारा बमोजिम निर्वाचित राष्ट्रपति वा उपराष्ट्रपतिको पदावधि धारा ६२ बमोजिमको निर्वाचक मण्डलबाट अर्काे राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचित भई कार्यभार नसम्हालेसम्म कायम रहनेछ ।
प्रकाशित: १० कार्तिक २०७२ २३:५४ मंगलबार



-600x400.jpg)

