काठमाडौं—बुधबार संसदमा हुने राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्न एमाओवादीले ह्वीप जारी गरेको छ। एमाओवादी संसदीय दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
१० बजे नै व्यवस्थापिका–संसद भवन नयाँ वानेश्वरमा अनिवार्य उपस्थित हुन एमाओवादीले आफ्ना सांसदहरुलाई भनेको छ। ११ बजेदेखि संसदमा राष्ट्रपतिको मतदान सुरु हुनेछ।
'कार्तिक ११ गते बिहान ११ बजे राष्ट्रपतिको चुनाब हुने भएकाले सो दिन बिहान १० बजे नै व्यवस्थापिका संसद भवन नयाँ वानेश्वरमा सबै संसद सदस्यहरु अनिवार्य उपस्थित भई राष्ट्रपति उम्मेदवार माननीय विद्यादेवी भण्डारीलाई मतदान गर्न... ह्वीप जारी गरिन्छ', एमाओवादी संसदीय दलका सचेतक हितराज पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: १० कार्तिक २०७२ ०८:४४ मंगलबार





