१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

राष्ट्रपतिमा दुई पक्षीय प्रतिस्पर्धा हुने

काठमाडौं— नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का राष्ट्रपति उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। नेमकिपाका नारायण महर्जनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका हुन्। नेमकिपाका उम्मेदवारी फिर्तापछि भोलि संसदमा चुनाबमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

एमाले उम्मेदवार भण्डारी र कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङ राष्ट्रपतिको दौडमा छन्। संविधानअनुसार संसदमा भोलि ११ बजे राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ।

नेमकिपाका महर्जनले उम्मेदवारी दिँदा प्रस्तावक प्रेम सुवाल र समर्थक डिल्लीप्रसाद काफ्ले रहेका थिए।

मंगलबार बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेवाद्वारी दर्ताको समयमा एमालेकी विद्या भण्डारी, कांग्रेसका कुलबहादुर गुरुङसँगै नेमकिपाका महर्जनले उम्मेदवारी दर्ता गराएका थिए। उनको उम्मेदवारी दर्ता नम्बर २ रहेको थियो। २:३० बजेसम्म फिर्ता लिन पाउने व्यवस्थाअनुसार महर्जनले निर्वाचन अधिकृत समक्ष आफैँ उपस्थित भएर लिखित निवेदन दिँदै उम्मेदवारी फिर्ता गरेका हुन्।

प्रकाशित: १० कार्तिक २०७२ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App