घर रुग्न बसेका कामदारले बिहानै बारुद र ग्यास जस्तो पदार्थ गन्हाएपछि शंका लागेर खोजी गर्दा घर पछाडिको कम्पाउन्डमा सिलिन्डर बम देखेका थिए। लगत्तै उनले प्रहरीलाई खबर गरेका थिए। पाँच किलो ग्यास जाने सिलिन्डरमा तारले बेरिएको अवस्थामा थियो।
राजविराज—रुपनी सडक खण्डको छेउमा पर्ने सांसद यादबको घरमा बम भेटिएको हल्लासँगै त्यहाँ ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो।
बम राखेको जिम्मेवारी कसैले लिएको छैन।
आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जारी आन्दोलनमा सप्तरी अन्य जिल्लाको तुलनामा अराजक देखिइरहँदा सोमबार बिहान सांसद यादबको घरमा सिलिन्डर बम भेटिएको हो।
प्रकाशित: ८ कार्तिक २०७२ २१:०४ आइतबार




