४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

आफ्नै बन्दूकको गोली लागेर हबल्दारको रहस्यमय मृत्यु

रामपुर (पाल्पा)— पाल्पा कारागारमा कार्यरत प्रहरी हबल्दार दिलबहादुर पाण्डेको रहस्यमय मृत्यु भएको छ।कारागारको सुरक्षार्थ ड्युटीमै खटिएको बखत आफूसँगै रहेको थ्री नट थ्री राइफलबाटै निस्केको गोली लागेर हबल्दार पाण्डेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए।

हबल्दार पाण्डेले आफैँ आत्महत्या गरेको हो या अन्य कुनै कारणबाट मृत्यु भएको भन्ने बारेमा शव परीक्षणपछि मात्र जानकारी हुने तिमिल्सिनाले बताए।

मृतक पाण्डेको घाँटीमा गोली लागेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। अर्घाखाँची–९ आँपखोला घर भएका पाण्डे १५ दिनअघि मात्रै घर बिदाबाट दसैँका बेला ड्युटीमा खटिएका थिए। रासस

प्रकाशित: ८ कार्तिक २०७२ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App