१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

अपडेट: धरान बस दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको परिचय खुल्यो

धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान–१३ का सुवेक्षा सुब्बा छन् ।  

No description available.

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा दुर्घटना भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा डिजल सकिएपछि बाटोबाटै फर्काउने क्रममा दुर्घटनामा परेको हो ।  

बसमा सवार घाइते १३ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रकाशित: ४ माघ २०८२ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App