बारा— धर्मनगर–९ सितलपुर बस्ने पूर्व गाविस अध्यक्ष बाबुराम साह कानुको घरबाट नगद लगायतका धनमाल लुटपाट भएको छ।
विहिबार ठूलो संख्यामा आएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले कानुको घरबाट नगद ७ लाख ५० हजार रुपैया, सुनका विभिन्न गहना १२ तोला लुटपाट गरेका छन्। घरको झ्याल, ढोका, पंखा, साइकल, टिभि लगायतका सामानहरु बाहिर निकाली आगजनी गरेर भागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
प्रकाशित: ६ कार्तिक २०७२ ०३:५५ शुक्रबार



-600x400.jpg)

