तास खेलेको आरोपमा पक्राउ परेर एक रात थुनामा रही बाहिर निस्केका २१ जनामध्येका अधिकांशले खालमा करिब रु ५० हजार रहेको सञ्चारकर्मीलाई बताएपछि प्रहरीले रकम लुकाएको खुलासा भएको हो।
नाम नबताउने शर्तमा एक जनाले प्रहरीले करिब रु ३० हजार लुकाएको दाबी गरे। 'हाम्रो खल्तीमा रहेको सबै रकम हामीले फिर्ता पायौँ', उनले भने, 'तर खालको रकम भने प्रहरीले कम देखायो। मेरो अगाडिको खालमा मात्रै रु २५ हजारभन्दा बढी रकम थियो। अन्य साथीहरुको अगाडि पनि करिब २५ हजार रुपैयाँ जति थियो।'
पक्राउ परेकाहरुलाई प्रहरीले मादकपदार्थ सेवन गरेर कुटपिटसमेत गरेको उनीहरुले बताएका छन्।
जुवा खालबाट रकम नपाएपछि छापा मारिएको आरोप प्रहरीमाथि लगाइएको छ। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले भने खालबाट उठेको रकम हिनामिना नभएको बताएको छ। रासस
प्रकाशित: ४ कार्तिक २०७२ २२:०८ बुधबार




