सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा शिरीषले १५ सय मिटर फ्रिस्टायल, १ सय मिटर बटरफ्लाइ, २ सय मिटर ब्रेस्टस्ट्रोक, २ सय मिटर फ्रिस्टायल, ५० मिटर बटरफ्लाइ र ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए।
१५ सय मिटर फ्रिस्टायलमा पहिलोदेखि तेस्रो स्थानसम्म आर्मीकै खेलाडीले वर्चस्व जमाए। १८ मिनेट ४५.६२ सेकेन्डमा दुरी पूरा गर्दै शिरीषले स्वर्ण जित्दा दिवस मानन्धर दोस्रो र रुद्र कटुवाल तेस्रो भए। दिवसले २१ मिनेट ४७.६७ सेकेन्ड र रुद्रले २२ मिनेट ३१.४४ सेकेन्डमा पूरा गरेका थिए।
१ सय मिटर बटरफ्लाइ १ मिनेट ९.८७ सेकेन्डमा पूरा गरी शिरीषले स्वर्ण जित्दा मध्यमाञ्चलका जयन्त गुरुङ र आर्मीका तेजबहादुर माझीले संयुक्त रजत जिते। दुवैले १ मिनेट १३.५३ सेकेन्डमा दुरी पूरा गरेका थिए।
२ सय मिटर बटरफ्लाइशिरीषले २ मिनेट ४९.१२ सेकेन्डमा पार गरे। दोस्रो भएका आर्मीकै किरण कार्कीले २ मिनेट ५१.२२ सेकेन्ड र तेस्रो भएका पश्चिमाञ्चलका शुभमश्रेष्ठले ३ मिनेट ९६ सेकेन्ड लगाए।।
२ सय मिटर फ्रिस्टायलमा शिरीष विजेता हुँदा दिवस दोस्रो र अभिरन्जन शाही तेस्रो भए।सबै आर्मीका हुन्। शिरीषले २ मिनेट २१.१३ सेकेन्ड, दिवसले २ मिनेट २३.३४ सेकेन्ड र अभिरन्जनले २ मिनेट ३१.१९ सेकेन्ड लगाए। ५० मिटर बटरफ्लाइमा शिरीष पहिलो, मध्यमाञ्चलका जयन्त गुरुङ र आर्मीका वैजम बडुवाल तेस्रो भए।
रिलेमा आर्मीटोली पहिलो, मध्यमाञ्चल दोस्रो र पश्चिमाञ्चल तेस्रो भए।
यसैगरी महिलाको २ सय मिटर ब्याकस्ट्रोकमा मध्यमाञ्चलकी रसिका पौडेल पहिलो, मध्यमाञ्चलकै जितज्योति महर्जन दोस्रो र अशिष्मा तामाङले तेस्रो भएका थिए।
१ सय मिटर फ्रिस्टायलमा आर्मीकी सोफिया शाह पहिलो, मध्यमाञ्चलकी रसिका पौडेल र जितज्योति तेस्रो भए। ५० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी सोनिरा विष्ट पहिलो, एपिएफकी सब्बु विष्ट दोस्रो र मध्यमाञ्चलकी ओसिन भारती तेस्रो भए।
५० मिटर ब्याकस्ट्रोकमा मध्यमाञ्चलका ओसिन पहिलो, टिका शाक्य दोस्रो र अंकक्षरा सिंह तेस्रो भए।
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रियअन्तर्गतको पहिलो खेल पौडी काठमाडौंमा सुरु भएको हो। तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, आर्मी र एपिएफगरी ९९ खेलाडीले ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन्।
प्रकाशित: २७ आश्विन २०७२ २१:१५ बुधबार





