२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस विवादमा नयाँ ट्विस्ट : देउवा हस्ताक्षर दिन तयार !

नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान उन्मुख नहुने देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार (आज) बिहान छलफल गरेका छन्।

महामन्त्रीहरूसँगको भेटमा देउवाले कानुनले दिन्छ भने आफू हस्ताक्षर अरूलाई दिन तयार रहेको कुरा स्पष्ट गरेका हुन्।

देउवा निकट स्रोतले भन्यो, ‘उनी (देउवा)ले कानुनले दिन्छ भने म हस्ताक्षर अरूलाई दिन्छु भने। निस्कने बेलामा विश्वप्रकाशले गगनजीलाई प्रधानमन्त्रीको उम्मेदवार नबनाउने हो भने मान्न सकिन्न भनेर निस्किए।’

आइतबारदेखि सुरु विशेष महाधिवेशनपछि नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी तीव्र भइरहँदा विवाद अन्त्यका लागि दुवै पक्षले कसरत गरिरहेका छन्।

प्रकाशित: ३० पुस २०८२ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App