पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ मनेहराका २२ वर्षीय जीवन सिंह ठकुरी र सोही ठाउँका १८ वर्षीय रोशन सुनार रहेका छन् । उनीहरुको साथबाट ९ ग्राम १३० मिलिग्राम खैरो हिराइन बरामद गरिएको उनले बताए ।
खुला सिमानाका कारण भारतीय बजारबाट लागूऔषधका कारोबारीहरुले सहजै रुपमा खैरो हिरोइनलगायतका लागू औषध ओसारपसार गरी धनगढीलगायतका बजारमा बिक्री गर्ने गरेको छ ।
धनगढी सुदूरपश्चिमको खैरो हिरोइन लगायतका लागुऔषधको ट्राजिट प्वाईन्ट रहेको प्रहरीले बताएका छन् । यसअघि कैलाली प्रहरीले गत साउन २६ गते ५३० मिलिग्राम र भदौ १३ गते ५० मिलिग्राम खैरो हिरोइन समातेको थियो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि कैलाली अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित: २७ आश्विन २०७२ ०६:४५ बुधबार





