१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

पेस्तोल देखाएर ६ लाख लुट

महोत्तरी—अज्ञात हतियारधारिको एक समूहले गौशाला नगरपालिका ८ स्थित मनोज साहको घरमा लुटपाट गरेको छ। नकाब बाँधेर आएको समूहले पेस्तोल देखाउँदै साहको घरका सम्पूर्ण सदस्यलाई नियन्त्रणमा लिएर नगद ६ लाख ६० हजार, एक थान मोवाइल, २ तोला सुन, १ तोला चाँदीको गरगहना लुटेर लगेको पीडित साहले बताए।घर पाछाडिको बाँस घारिमा लुकेर बसेको हतियारधारी समूह मध्यरातमा पेस्तोल देखाउँदै घरभित्र प्रवेश गरेको थियो।

घटनाको खबर पाए लगतै प्रहरी पुगेपछि लुटेराहरु भागेका थिए। लुटेराहरुको योजना अरु घरमा पनि लुटपाट गर्ने रहेको स्थानीयले बताएका छन्।

लुटपाट गर्ने समूहको खोजी तीब्र पारिएको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए। यसअघि असोजको पहिलो साता गौशालामै डाका समूहले १५ लाख बराबरको समान ल्ुाटपाट गरेको थियो।

सोमबार रातिको घटनामा पनि सोही समूहको संलग्नता रहेको हुन सक्ने प्रहरी अनुमान छ।

प्रकाशित: २६ आश्विन २०७२ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App