जिल्लाको लौकाहा–६ बस्ने २० वर्षीय शम्भु साह कलवारको लास बोराभित्र राखेर गाडेको अवस्थामा फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। शनिबार विआर ०५ एन २१८२ नम्वरको मोटरसाइकलसहित सम्पर्कबिहिन भएका कलवारले प्रयोग गरेको मोटरसाइकल र टिर्सट अजगैरी–४ मा बेवारिसे अवस्थामा सोमबार फेला परेको थियो।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देवाधी–८ स्थित सिसौघारीमा बोराभित्र शव हालेर गाडेको अवस्थामा फेला परेको थियो।
घटनाका विषयमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १९ आश्विन २०७२ ०२:२२ मंगलबार





