२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

काेहलपुरबाट ५० लाखको सुनचाँदी बरामद

कोहलपुर– इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर क्षेत्रबाट ५० लाखभन्दा बढी मूल्यको सुन र चाँदी बरामद गरेको छ।प्रहरीले अवैध सुन र चाँदीसहित ५ व्यक्तिलाई पक्राउ गरेको छ। बुधबार चिसापानी र नौवस्ता गाविसबाट शंकास्पद रुपमा सुन र चाँदीसहित ६ व्यक्ति पक्राउ परेका डिएसपी राजीवबहादुर केसीले बताए। पक्राउ परेका ६ व्यक्तिमध्ये एक जना बुधबारै छोडिएको बताए। बरामद गरिएको सुन ३९१ ग्राम ५१२ मिलिग्राम रहेको छ। यस्तै चाँदी ६ किलो रहेको उनले बताए। सुन र चाँदी करिव ५० लाख मूल्य बराबर रहेको प्रहरीले जनायो। पक्राउ परेका ५ व्यक्ति र सुनचाँदी आवश्यक कारबाही र अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाएको छ।

प्रकाशित: १५ आश्विन २०७२ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App