५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

भोजानन्द र डम्बर सर्वोत्कृष्ट

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ को सर्वोत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित भएका छन्।


राष्ट्रिय खेलकुद परिषद (राखेप) को सोमबार आयोजित ५२औं वार्षिकोत्सवको अवसरमा राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट भएका हुन्।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल (प्रशासन) तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो सहायक प्रशिक्षक बद्रीप्रसाद घिमिरे (प्राविधिक) उत्कृष्ट कर्मचारी चुनिए। गोरखा जिल्ला खेलकुद विकास समितिका हर्कबहादुर राई (प्रशासन) तथा लनटेनिस प्रशिक्षक रेणुदेवी कोन्डा (प्राविधिक) ले परिषद सेवा पुरस्कार प्राप्त गरे।

सर्वोत्कृष्टले २५ हजार, उत्कृष्टले १५ हजार र परिषद सेवाबाट पुरस्कृतले १० हजार नगद पुरस्कारसहित सम्मानपत्र प्राप्त गरे।

सोही अवसरमा खेलकुद पत्रकारितातर्फ नागरिक दैनिकका ध्रुव तुलाधर, दि हिमालयन टाइम्सका महेश आचार्य र गोरखापत्रका प्रजित शाक्य तथा राइजिङ नेपालका फोटोपत्रकार राजेन्द्र चित्रकार पनि सम्मानित भए। उनीहरूले जनही ५ हजार पाए।

त्यस्तै राखेपमा २० वर्ष सेवा पूरा गरेका खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा र नासु सूर्यबहादुर श्रेष्ठलाई सेवा पदक प्रदान गरियो।

२५ वर्ष पूरा गरेका पौडी शाखाकी वरिष्ठ अधिकृत केशरी चित्रकार, तालिम तथा प्रशिक्षण विभागका वरिष्ठ अधिकृत विद्यासागर पोखरेल, लनटेनिस प्रशिक्षक रेणुदेवी कोन्डा, आर्थिक प्रशासन शाखाका लेखा अधिकृत दशरथ सापकोटा, भौतिक पूर्वाधार तथा मर्मत शाखाका अधिकृत राजु श्रेष्ठ, संघसंस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, प्रशासन विभागकी नासु जुलुम गिरी, दर्ता फाँटका नासु गम्भीरमान तुलाधर, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रकी नासु भवानी अधिकारी तथा कार्यालय सहयोगी बद्रीकुमार खत्री, ज्ञानभक्त महर्जन र रत्नबहादुर मगजु दीर्घसेवा पदकबाट सम्मानित भए।

सम्मानित व्यक्तित्वलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्यसचिव केशवकुमार विष्टले सम्मानपत्र गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७२ १९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App