९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

उजुरीकर्तालाई पुरातात्विक सामग्री बिक्रीको अभियोग

काठमाडौं- आफ्नो सि–माला लुटिएको उजुरी गर्ने कारोबारी र बिचौलियालाई पुरातात्विक सामग्री बिक्रीवितरण गरेको अभियोग लगाउँदै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। कारोबारीका भुटानमा रहेका सहयोगीलाई सि–माला बिक्री गर्ने क्रममा उनीहरूबाटै लुटिएपछि बौद्धका नरेश अग्रवालले उजुरी गरेका थिए।अग्रवालको उजुरीका आधारमा सि–माला लुटेर भाग्दै गरेका भुटानी र भारतीय नागरिक्काई पक्राउ गरी डकैती र अपहरणमा मुद्दा प्रक्रिया अघि बढाएको प्रहरीले अग्रवाल र उनका सहयोगी उपेन्द्र लामिछानेलाई पुरातात्विक महत्वको सामग्री बेचबिखन गरेको अभियोगमा हिरासतमा राखेको छ।

बौद्धबाट १५ वटा सि–माला लुटेर भाग्दै गरेका भुटानका डि दोर्जे लामा तथा छिरिङ लामा र भारतका असित सैबो, नहिर अली र सरोज गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार भीमफेदीमा लुटिएको सामग्रीसहित पक्राउ गरेको थियो।

पक्राउ आरोपीबाट फेला परेको सामग्री प्रारम्भिक परीक्षणमा पुरातात्विक महत्वको देखिएपछि महाशाखाले अग्रवाल र लामिछानेलाई समेत पक्राउ गरी अनुसन्धान प्रक्रियामा ल्याउन महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। महाशाखाले सि–माला सोमबार नै पुरातत्व विभाग पठाएको थियो।

'पक्राउ परेकाहरू डकैती, अपहरण र नक्कली नोटको कारोबारमा संलग्न देखिएपछि सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,' महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नागरिकसँग भने, 'अग्रवाल र लामिछाने पुरातात्विक महत्वको सामग्रिको बिक्रीमा संलग्न देखिएकाले उनीहरूलाई पनि अनुसन्धानको दायरामा राखेका छौं।'

महाशाखाको प्रतिवेदन अनुसार काठमाडौं परिसरले अन्य पाँच जनासँगै अग्रवाल र लामिछानेलाई पुरातात्विक महत्वको सामग्रि बिक्रीवितरणमा संलग्न भन्दै प्राचीन स्मारक ऐन–२०१३ अनुसारको अभियोगमा अनुसन्धानका लागि म्याद थप गरेको छ।

प्राचीन स्मारक ऐनको दफा १३ ले पुरातात्विक महत्वका वस्तु विदेश निकासी गर्न, नेपालभित्र ओसारपसार गर्न, संग्रह गर्न, बिक्रीवितरण गर्न प्रतिबन्ध लगाउँदै उल्लिखित कार्य गरे २५ हजार जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

परिसरका डिएसपी दिनेश आचार्यका अनुसार सोमबार अग्रवाल र लामिछानेलाई पुरातात्विक सामग्रि बिक्रीवितरणमा संलग्न रहेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि चार दिनको म्याद लिइएको छ।

'सि–माला लुटपाटमा संलग्न पाँच जनामाथी डकैती र अपहरणको अभियोगमा अनुसन्धान भइरहेको छ' विक्रिमा संलग्न देखिएका २ जानमाथी पुरातात्विक सामाग्रिको विक्रिमा संलग्न रहेको अभियोगमा म्याद लिएर अनुसन्धान शुरु गरेका छौं।'

प्रारम्भिक अनुसन्धानमा बौद्धमा कपडा व्यापारीको आवरणमा रहेर अग्रवाल सि–मालाको कारोवारमा संलग्न रहेको खुलेको थियो। मुख्य गुरुङ जातीले गहनाको रुपमा प्रयोग गर्ने विशेष प्रकृतीको सि–माला रिमझिम लामालाई ५७ लाखका विक्रि गरेको उनको बयानबाट खुलेपछी उनी प्राचिन सामग्रिको कारोवारमा संलग्न रहेको देखिएको थियो।

प्रहरीले बरामद गरेको १५ वटा सि–मालाबारे उनले केही किनेको केही आफ्नो पुस्तौनी भएको प्रहरीसमक्ष दावी गरेका थिए। प्रचिन स्मारक ऐन अनुसार यदी आफुसँगै कुनै पुरातात्विक महत्वको पुस्तौनी सामाग्रि रहे सो सरकारी कार्यालयमा दर्ता गर्नुपर्ने प्रवन्ध छ। सि–मालाको हकमा अग्रवालले कुनै सरकारी कार्यालयमा जानकारी नगराएको र खरिदविक्रि गर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।

सो गिरोहको पक्राउपछि नेपालमा रहेको सि–माला तस्करीबाट भुटान पुग्ने गरेको खुलेको थियो।

अग्रवालसँग रहेको सि–माला किन्न भुटानी कारोबारी अतिसा बटियाले लुटपाट योजनासहित नक्कली अमेरिकी डलर दिएर डि दोर्जेलगायतको टोली काठमाडौं पठाएका थिए। दोर्जेसहितको टोली बौद्धस्थित एउटा होटलमा बसी विचौलिया लामिछानेसँग कुराकानी गर्दा १६ करोड मागेपछि उनीहरू माला लुटेर भागेका थिए।

अग्रवाल र लामिछानेले लुटबारे प्रहरीमा उजुरी दिएपछि महाशाखाले काठमाडौंबाट बाहिरिने नाकामा गरेको जाँच क्रममा बल्खुबाट ३५ सयमा टाटा सुमो भाडामा लिएर हेटौंडा जाँदै गरेको समूह आइतबार भीमफेदीमा पक्राउ परेको थियो।

प्रकाशित: २८ भाद्र २०७२ १९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App