सदरमुकाम गाईघाट भित्रिने क्रममा सप्तरी र उदयपयुरको सीमास्थल लालपत्तामा नियमित चेकजाँचको क्रममा अघिल्लो रात उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी सुरेन्द्र गुरुङले बताए। डिएसपी गुरुङका अनुसार उनीहरुको साथबाट डिजाईजेलाप नामक औषध २० थान, एम्पुल फेनारगन २०, एम्पुल लुपिजेसिक २०, एम्फल फोर्टिन २० र एम्पलु नाईट्रोजन ४ ट्याब्लेट बरामद भएको छ । उनीहरुको साथबाट २५ ग्राम गाँजा पनि बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
पक्राउ दुवैमाथि लागू औषध ऐन अन्र्तगत कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार उदयपुरमा भित्रिने अधिकतर लागू औषध भारतीय सीमावर्ती क्षेत्रबाट आउने गरेको खुलासा हुँदै गएको छ। पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार सदरमुकाम गाईघाटमा भारतीय बजारबाट भित्रिने लागू औषध सिराहा र सप्तरी हुदै भित्रिने गरेको र गाईघाट हँुदै भित्रिएका लागू औषध खोटाङका बिभिनिन्न बजारमा पुग्ने गरेको कुरा अनुसन्धानबाट खुल्दै आएको छ ।
त्यस्तै सिराहा सदरमुकाम सिराहासँग जोडिएको भारतीय बजार जयनगरबाट भित्रिने लागू औषध जिल्लाको पश्चिमी भेगको कटारी बजार हुँदै ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ पुग्ने गरेको पनि प्रहरीको दावी छ । दुवै नाका भएर लागू औषध उदयपुर भित्रिने गरेको छ भने उदयपुर र पहाडी भेगमा उत्पादित गाँजा सोही नाका भएर भारतीय बजारसम्म चोरी निकासी हुने गरेको दावी प्रहरीको छ ।
प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले सातादिनअघि मात्र सदरमुकाम गाईघाटमा दुई युवा पक्राउ लागू औषध सहित पक्राउ परेकोमा पुन थप युवा पक्राउ पर्नुमा गाईघाटमा लागू औषधको प्रयोग र कारोबारकर्ताको बृद्धि भएको अनुमान गरे । उनले जिल्ला प्रहरीको अपराध अनुसन्धान व्युरो २४ घण्टा लागू औषधबारे निगरानी गर्दै आएको र सफलता पनि पाउदै गएको बताए । औषधबाट आप्mना सन्तानलाई जोगाउद अभिभावक, समाज र साथीसँगत सचेत हुनु आवश्यक रहेको भन्दै एसपी गुरुङले सबै पक्ष यसप्रति सचेत हुन आग्रह गरेका छन्।
प्रकाशित: २७ भाद्र २०७२ ०१:२५ आइतबार





