२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

दुई थान भरुवा बन्दुक बरामद

खोटाङ– खोटाङको पश्चिमी गाबिस डिकुवाबाट प्रहरीले लुकाएर राखेको अवस्थामा दुई थान भरुवा बन्दुक बरामद गरेको छ। गस्ती गर्नेक्रममा डिकुवा पुगेको प्रहरी चौकी च्यास्मीटारका प्रहरीको गस्ती टोलीले बारुद भरेर तयारी अवस्थामा राखिएको दुई नाल बन्दुक बरामद गरेको हो।प्रहरी हवल्दार भक्त तामाङ नेतृत्वको टोलीले आईतबार डिकुवा–३ का बलुइका शत्रबहादुर राई र नारायणसिं राईको गोठबाट बन्दुक बरामद गरेको खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए। प्रहरीका अनुसार भरुवा बन्दुक राख्ने दुबै जना प्रहरीलाई देख्ने बित्तिकै फरार छन्। नजिकै घर रहेका उनीहरुको खोजी भइरहेको डिएसपी माझीले जनाए। बाँदर तर्साउनकालागि सो क्षेत्रमा भरुवा बन्दुक पड्काउन प्रयोग गर्ने गरिएको स्थानीयले बताएका छन्।

प्रकाशित: १४ भाद्र २०७२ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App