२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

६ वर्षीया बालिका बालात्कृत

रौतहट–रौतहटको चन्द्रपुरमा नगरपालिकामा एक ६ वर्षीया बालिकामाथि बालात्कार भएको छ । चन्द्रपु नगरपालिका–१२ बसन्तपुरटोलमा १९ वर्षीय अजयराम चमारले छिमेकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।शुक्रबार दिउँसो ३ बजे सडकमा खेल्दै गरेकी बालिकालाई चकलेट खान भन्दै १० रुपैया दिएर बलात्कार गर्न खोज्दा असहज भएर बालिका चिच्याएपछि चमार भागेको प्रहरीले जनाएको छ।  रगतपिच्छे भएर घर पुगेकी बालिका पिसाव गर्न खोज्दा निकै पोलेर चिच्याएपछि आमाले चिच्याउनुको कारण साधेपछि पीडित बालिकाले घटनावारे जानकारी गराएकी थिइन्। पीडीत परिवारले बालिका बलात्कृत भएको थाहा पाउने बित्तिकै दोषीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालयमा चन्द्रपुरमा पुगेका थिए।

घटनाको विषयमा जानकारी हुनासाथ घरमा आरोपी चमारलाई शुक्रबार राति साढे ११ पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडीत बालिका र आरोपी चमारलाइ राति नै चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । अस्पतालका प्रमुख डाक्टर सचिन यादवका अनुसार बालिकाको गुप्ताँग सुनिनुका साथै चोटपटक तथा घाउहरु देखिएका छ । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका चमारलाई हिरासतमा राखेर जवरजस्ती करणी एने अन्तर्गतको मुद्दा चलाउनका लागि घटनाको विषयमा अनुसन्धान भइरहेको इप्रका चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुद्रकान्त झाले बताए।

प्रकाशित: १२ भाद्र २०७२ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App