९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

एक किलो अवैध चाँदी सहित दुई पक्राउ

सिन्धुली–बिपी राजमार्गस्थित कमलामाई नगरपालिका–६ बुका पुल नजिक १२ तोला ५३ लाल सुन र १ किलो ५ तोला चाँदी प्रहरीले बरामद गरेको छ। जनकपुरबाट सिन्धुलीतर्फ आउदै गरेको ज ६ प ७१६ नम्बरको मोटरसाइकललाई सो स्थानमा चेकजाँच गर्ने क्रममा प्रहरीले लुकाई छिपाई ल्याएको सुन र चाँदी सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर राजेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा जरायोटार गाविस–५ का ३१ बर्षिय लोकबहादुर विक र सोही स्थानका दीपक पहाडी रहेका छन्। पक्राउ गरिएको सुन चाँदीबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिदै इन्स्पेक्टर थापाले सुन तस्करीका लागि प्रयोग गरिएको सवारी सहित राजश्व अनुसन्धान विभाग पथलैयामा पठाउने जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०७२ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App