४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

बालात्कार आरोपमा झाँक्री पक्राउ

रौतहट–महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजना झाक्री पक्राउ परेका छन्। जोकहा गाविसका एक महिलालाई बालात्कार गरेको आरोपमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।जोकहा–४ घिउरा टोलकी अन्दाजी २५ वर्षीया महिलाबाट बच्चा नभएपछि झाक्रीले उपचार गरी गर्भधारण गर्ने योग्य बनाउने बताएपछि आफन्तले सोही गाउँका धामी झाक्रीको काम गर्ने ४५ वषीय शेष मोफिजुल हकलाइ बोलाएका थिए ।

महिलालाइ मात्र सुत्ने कोठामा राखेर घरका सदस्यहरुलाई बाहिर निकालेर झारफुक गर्दै महिलासँगै बसेका उनका श्रीमानलाई ७ वटा धाराको पानी ल्याउन भन्दै बाहिर पठाएर बालात्कार गरेको रहस्य सार्वजनिक भएको छ । धाराको पानि लिएर श्रीमान घरमा आएपछि आफुलाइ झाक्रीले जवरजस्ती बलात्कार गरेको घटना सुनाउने बितिकै पीडितका आफन्त र स्थानीय मिलेर उनलाइ घरभित्र थुनी प्रहरीको जिम्मा लगाएका छन् ।

महिला र धामीलाई प्रहरीको सहयोगमा राति नै जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण गरिएको छ झाक्रीलाई आवशयक कार्यवाहीका लागि हिरासतमा राखेर घटनाका विषयमा थप अनुसनधान भइरहेको प्रहरी प्रवत्ता डिएसपी सुधिरराज शाहीले जानकारी दिए।

प्रकाशित: ५ भाद्र २०७२ २३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App