नेकपा एमाले नेतृ तथा पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूले कार्यकाल पूरा नहुँदै राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवारी दिनु लोकतान्त्रिक अभ्यास नभएको बताएकी छन्।
उनले प्रतिनिधिसभा सदस्यहरूले पनि पाँच वर्षका लागि शपथ लिए पनि विभिन्न कारणले कार्यकाल पूरा गर्न नसकेको बताउँदै कम्तीमा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने बताएकी हुन्। सुरक्षित पदमा रहे पनि कार्यकाल नपुग्दै धमाधम राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवारी दिनु लोकतान्त्रिक मूल्य, विधि र मान्यताविपरीत भएको उनको भनाइ छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा नयाँ उम्मेदवारी दिने तयारी तीव्र बन्दा र नयाँ प्रतिनिधिहरूको सङ्ख्या बढ्दै जाँदा उनले यस्तो बताएकी हुन्।
भट्टराईले लोकतन्त्र नारा मात्र नभई व्यवहार पनि भएको भन्दै लोकतान्त्रिक संस्कार सबैले आफैँबाट प्रस्तुत गर्नुपर्ने बताएकी हुन्।
प्रकाशित: ४ माघ २०८२ १०:४० आइतबार




-600x400.jpg)
