३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्ड दियो १२३ रनको लक्ष्य

आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको जारी खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ।

आइतबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो।

नेपालको लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। ५६ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन्।

त्यस्तै, नेपालकी अर्कै ओपनर सम्झन खड्का २६ रन बनाउँदै आउट भएकी थिइन्। नेपालकी कप्तान इन्दु बर्मा ६ रनमै पेभिलियन फर्किइन्।

थाइल्यान्डको लागि चनिदा सुथिराङ, थिपाथ्चा पुथावोङ,सुलीपर्न लाओमी र सुनिदा चतुरोङरताना समान १-१ विकेट लिए।

प्रकाशित: ४ माघ २०८२ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App