उनी वैदेशिक रोजगारीमा ट्रक ड्राइभरका रुपमा साउदी अरब गएको खुलेपछि ब्यूरोले इन्टरपोलमार्फत् डिफ्यूजन नोटिस जारी गराइ उनलाई नेपाल ल्याउने प्रायस गरेको थियो। नोटिसपछि साउदी सरकारले मगरलाई नियन्त्रणमा लिइ डिटेन्सन सेन्टरमा राखेपनि नेपाल पठाउन अस्विरका गर्दै आएको थियो।
ब्यूरोले हत्यामा मगरको संलग्नता र भूमिकाबारे थप प्रमाण पठाएपछि साउदी सरकार मगरको भिसा रद्द गरी नेपाल पठाउन सकारात्मक भएको थियो। पाँच दिन अगाडि ब्यूरोको एक टोली मगरललाई लिन साउदी अरब गएको थियो। ब्यूरो सुरोतका अनुसार सो टोली मगरलाई लिएर आइतबार बिहान १० बजे नेपाल ल्याएको छ। मगरलाई मराजगन्जस्थित ब्यूरोमा राखी घटनाबारे सोधपुछ भइरहेको ब्युरोका एक अधिकारीले जानकारी दिए।
वि.स २०६९ मा बंगालमुखी मन्दिरको दर्शन गरी सर्वोच्च अदालत आउने क्रममा ललितपुरकव युएनपार्कस्थित सडकमा बम र उनका बर्डिगार्डलाई गोली हानिएको थियो। घटनामा बमको मृत्यु भयो भने बर्डिगार्ड र बमका साथी घाइते भएका थिए।
साढे दुई वर्ष चलेको घटनाको अनुसन्धानले कुनै निष्कर्ष दिएको थिएन। अनुसन्धानको क्रममा घटनामा संलग्नताको आशंका गर्दै दुई पटक पक्राउ परिसकेका बाबुलाई तेस्रोपटक पक्राउ गरेको थियो। सोधपुछका क्रममा ब्यूरोले घटनाका योजनाकारका रुपमा उनलाई सार्वजनिक गरेको थियो।
बाबुले चुरेभावर एकता पार्टीलाई निर्वाचन आयोगले दिएको मान्यता खारेज गर्दै केशव मैनालीलाई नै आधिकारिक बनाएको झोकमा बमको हत्या गरेको बयान दिएका थिए।
बाबुसहित उनको टोलीलाई बम हत्याको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाएको थियो।
प्रकाशित: ५ भाद्र २०७२ २२:४१ शनिबार





