१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

प्रहरीद्वारा चार पेट्रोल बम बरामद

लहान— सवारी साधनमाथि प्रहार गर्न तयारी अवस्था राखेको चार थान पेट्रोल बम प्रहरीले लहानको मूख्य चोक स्थित एक पसल अगाडिबाट बरामद गरेको छ।

 

बोतलमा पेट्रोल भरेर तयार पारिएको चार थान पेट्रोल बम शुक्रबार विहान प्रहरीले बरामद गरेको लहान प्रहरी प्रमूख(डिएसपि) उमा प्रसाद चतुर्वेदीले जानकारी दिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा रोकिएका सवारी साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य पुर्यानउने क्रममा बन्दकर्ताले पेट्रोल बम प्रहार गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको अनुमान छ।

आन्दोलनकारी पक्षलाई बरामद पेट्रोल बमबारे जानकारी दिँदै सवारी साधनमा पेट्रोल बम प्रहार भए परिणाम नराम्रो हुन सचेत गराएको चतुर्वेदीले बताए।

केही व्यक्ति आन्दोलनको आडमा अवस्था असमान्य बनाउने योजनामा छन उनले भने,'ती व्यक्तिहरु निगरानी गर्न विशेष प्रहरी टोली परिचालन गरिएको छ।'

प्रकाशित: ४ भाद्र २०७२ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App