२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

सप्तरीमा बन्दकर्ताले ट्रकमा आगो लगाए

लहान— पूर्वबाट पश्चिम जाने क्रममा कोशि व्यारेजमा अलपत्र सावारी साधन स्कटिङ गर्ने क्रममा सोमवार राती सप्तरीको भारदहमा बन्दकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन्। नम्बर नखुलेको ट्रकमा आगजनीबाट आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण चिमरियाले जानकारी दिए।

 

सुरक्षाकर्मीले तत्काल आगो नियन्त्रणमा लिएकाले ट्रक पूर्ण क्षति हुनबाट जोगिएको चिमरियाले बताए। बन्दकर्ता मधेसी मोर्चाका कार्यकर्ताहरुसँग सवारिसाधन स्कटिङ गराउने क्रममा भारदहमा झडप भएको छ। व्यारेजमा अलपत्र करिब २ सय सवारी साधनलाई सुरक्षा स्कटिङमा पश्चिम तर्फ पुर्याउने क्रममा सुरक्षाकर्मी बन्दकर्ताबीच झडप भएको हो।

प्रकाशित: ३२ श्रावण २०७२ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App