२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

गार्डलाई बन्दूक तेर्साएर अग्रवालको घरमा डकैती

रौतहट— रौतहटको सदरमुकाम गौर सँगै जोडिएको सीमावर्ती भारतीय बजार वैरगनियाका एक व्यापारीको घरमा गएराति डकैती भएको छ । डाकाहरुले २५ लाख रुपैया भन्दा बढी नेपाली रुपैयाँको माल समान लुटपाट गरेका छन्।

स्थानीय वैरगनियाका किराना एवम मट्टितेलका होलसेल व्यापारी गणेश अग्रवालको घरमा वुधवार राति सशस्त्र हातहतियार सहित आएका डाका समूहले लाखौ‌को मालसमान, गरगहना र नगद लुटपाट गरेको हो।

२०—२५ जनाको समूहमा अाएको डाका समूह छतबाट घरभित्र प्रवेश गरी सुरक्षाका लागि खटिएका गार्ड सोभन झा र सुवोध झालाई बन्दूक देखाएर नियन्त्रण लिएको थियो। त्यसपछि करिब एक घण्टासम्म लुटपाट गरेको पीडित परिवारजनले बताए।


भारतीय प्रहरीको थाना र एसएसवी क्याम्पबाट अग्रवालको घर करिब दुईसय मिटरको दुरीमा छ। डाकाले ५ वटा भन्दा बढी दराज तोडफोड गर्नुको साथै नगद, गरगहना, लत्ताकपडा गरी १६ लाख भन्दा वढी भारतीय रुपैया बराबरको धनमाल लुटेर लगेको व्यापारी अग्रवालले बताए।

डकैती घटनाको विषयमा गहन रुपमा अनुसनधान भइरहेको भारतीय वैरगनिया थानाका प्रभारी सञ्जिव सि‌ंहले नागरिकन्युजलाई बताए। भारतको बिहारमा अक्टोबरमा हुन लागेको विधान सभाको चुनावको पूर्वसन्ध्यामा सुरक्षाकर्मी शिविरको २ सय मिटर दुरीको घरमा लुटपाट भएको घटनाले यस क्षेत्रका व्यापारी त्रसित बनेका छन्।

सदरमुकाम गौरसँगै जोडिएको भारतीय भूमिमा भएको डकैती घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ नेपाल भारत सिमाक्षेत्रमा सुरक्षा जाँच कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरीका प्रवक्ता सुधिर राज शाहीले बताए।

प्रकाशित: २८ श्रावण २०७२ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App