४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

काठमाडौं र ललितपुरका १८ फर्ममा विभागको अनुमगन निरीक्षण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ। विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो। त्यसमध्ये एकलाई नगद जरिवाना गरेको विभागले अन्य १७ वटालाई भने सुधारात्मक निर्देशन दिएको थियो।

विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ। कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो।

प्रकाशित: २९ पुस २०८२ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App