२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

प्रभु मनि ट्रान्सफरबाट पठाएको तीन लाख ठग्ने पक्राउ

काठमाडाैं— प्रभु मनि ट्रान्सफरमार्फत पठाएको तीन लाख रुपैया निकाली ठगी गरेको अभियोगमा सुमी डिष्टीलरीका कर्मचारी पक्राउ परेका छन् । रुकुम कोल–४ घर भएका २६ बर्षीय तारा प्रसाद रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो।

 

अपराध अनुसन्धान महाशाखाका अनुसार मुसिकोट नगरपालिका–६ स्थित हिसिला इन्टरप्राईजेज रुकुमका प्रोपाईटर बिनोद कुमार ओलीले ०७१ माघ २३ गते रुकुमबाट प्रभु मनि ट्रान्सफरमार्फत उक्त रकम काठमाडौंमा सुमी डिष्टीलरीका पदममान प्रधानले पाउने गरी पठाएका थिए । रकम पठाएको तीन महिनापछि निकाल्न जाँदा पदममानको नाममा नक्कली लाईसेन्स बनाई निकालेको देखिएपछि प्रहरीले अुनसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त रकम डिष्टीलरीका कर्मचारी रसाईलीले बिनोद कुमार ओलीले टिपाएको कोड कसैलाई नदिई नक्कली लाईसेन्स बनाई आफैले निकाली ठगी गरेको खुलेपछि उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित: २४ श्रावण २०७२ २०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App