अदालतको फैसला निर्देशनालयको सूचीमा उनी फरार रहेको खुलेपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी अदालतमा बुझाएपछि उनी डिल्लीबजार कारागार पुगेका छन् ।सर्लाही हरिवन गाविस– २ कि किशोरी सिनामंगलमा शर्माको घरमा घरेलु काम गर्न बस्दै आएकी थिइन् ।
परीक्षामा फेल भएपछि शिक्षिकाले उनीसँग जिज्ञासा राख्दा ७२ वर्षीय शर्माले घरमा कोही नभएको मौका पारी २ वर्षदेखि बलात्कार गर्ने गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
बालिकाले प्रहरीमा दिएको वयान अनुसार शर्माले उनलाई २०६७ सालदेखि २०६९ साउन २० गतेसम्म ज्यान मारीदिने धम्की दिई बलात्कार गर्दै आएका थिए । उनले त्यही तनावले परिक्षा विग्रिएको जानकारी दिएपछि माइती नेपालका कर्मचारी समी राईले जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएकी थिइन् ।
सो मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७१ कात्तिक २३ मा उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र प्रतिवादीबाट पीडितले पाउने गरी १ लाख क्षतिपूर्ति दिलाई भराई दिनुपर्ने फैसला गरे पनि फैसला कार्यान्वयन भएको थिएन ।
प्रकाशित: २१ श्रावण २०७२ ०३:२३ बिहीबार





