हिट चरणको समग्रमा उनी एक सयौं स्थानमा रहे। १ सय १५ पौडीवाजले दूरी पार गर्दा चीनका जेटाओ निङ ४८.११ सेकेन्डबाट हिट चरणमा अगाडि थिए।
प्रशिक्षक वाङदेन लामाले अपेक्षा गरेअनुसार शिरीषले प्रदर्शन गर्न नसकेको बताए। लामाघरेलु प्रतियोगितामा शिरीषका प्रशिक्षकहुन्। उनले भने, 'पछिल्लो समय शिरीषबाट नेपाली पौडीले पदकआशा गरेको छ। उनले राम्रो प्रशिक्षण अवसर पाइरहेका छन्। कीर्तिमानमा सामन्य सुधार भएको छ। तर,उनले अझै कम समयमा पूरा गर्न सक्छन्।' एक महिनाअघि शिरीषले आइओसीको सहयोगमा बैंककमा सोफिया शाहसँगै प्रशिक्षण लिँदै आएका छन्। शिरीषको नाममा ९ विधामा राष्ट्रिय कीर्तिमान छ। उनको नाममा फ्रिस्टायलका १५ सय मिटर, ८०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ब्याकस्ट्रोक २०० मिटर,बटरफ्लाई२०० मिटर, व्यक्तिगत मिड्ले ४०० मिटर र २०० मिटरमा कीर्तिमान छ।
रुसमासोफिया र गौरिका सिंहले पनि राष्ट्रिय कीर्तिमान बनाइसकेका छन्। सोफियाले २०० मिटर फ्रिस्टायल २ मिनेट १८.९३ सेकेन्ड तथा १३ वर्षीया गौरिकाले१०० मिटर ब्याकस्ट्रोक१ मिनेट ८.१२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए।
प्रशिक्षक लामाले जारी प्रतियोगितामा गौरिका कीर्तिमानले नेपाली पौडीमा नयाँ आशा जगाएको बताए। उनले भने, 'गौरिकाले कीर्तिमान बनाउँदा राम्रो सुधार गरेकी छन्। यही लयमा सुधार गर्दै गए गौरिकाले दक्षिण एसियाली खेलकुदमा पदक जित्न सक्छिन्।'
रियो ओलम्पिकछनोटका रूपमा पनि लिइएको रुसमाशिरीष, सोफिया, गौरिका बाहेकअर्का पौडीवाज किरण कार्कीले भाग लिएका छन्।
प्रकाशित: २० श्रावण २०७२ २०:२५ बुधबार





