४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

बाबुको छुरी प्रहारबाट छोराको मृत्यु

उदयपुर– बाबुको छुरी प्रहारबाट गएराति आप्mनै छोराको मृत्यु भएको छ । जिल्लाको पहाडी गाविस बाँसबोटे ६ का ५० वर्षीय दलबहादुर राईको छुुरी प्रहारबाट शनिबार राति छोरा गम्भीरबहादुरको मृत्यु भएको हो।

घरायसी बिबादमा बाबु–छोराबीच भनाभन हुँदा आवेशमा आएका राईले प्रहार गरेको छुरीले १८ वर्षीय छोराको घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार छोराको मोवाईल बनाउन विहानै घरभन्दा दुई घण्टा माथि बासबोटे १ स्थित गाईखुर भन्ने गाउँको पसलमा निस्केका उनी साँझ ५ः०० बजे घर फर्केलगत्तै उनीहरुबीच भनाभन सुरु भएको थियो ।

दिनभर पर्खेर मोबाइल मर्मत गरेर गीत गाउँदै घर पुगेका उनलाई खेतमा रोपाईको तयारीमा रहेका छोराले काम गर्ने बेला किन ढिलो गरेको भनि प्रश्न गरेपछि छोरासँग विबाद भएपछि आवेशमा आएका उनले छोरामाथि छुरी प्रहार गरेको स्थानीयको भनाइ छ । छातिमा रोपेको छुराले मुटुमै लागेर ढलेका उनलाई थप खुकुरीले जताजतै प्रहार गरेपछि छोराको तत्काल मृत्यु भएको स्थानीय मावि बासबोटेका प्रधानाध्यापक महेश राईले बताए ।

सन्की स्वभावका उनले मदिरासमेत पिएकाले घट्ना भएको हुनसक्ने अनुमान स्थानीयको छ । स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनर मृतक चार छोरामध्ये जेठो भएको बताइएको छ । एकवर्षअघि दलबहादुरका सहोदर दाजु ढकबहादुर राईले आप्mनै शरीरमा छुरा प्रहार गरी आत्महत्या गरेको गाउँलेको भनाइ छ ।

प्रकाशित: १७ श्रावण २०७२ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App