२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेन आज रास्वपा केन्द्रीय कार्यालय जाँदै, रविसँगै जनकपुर जाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह आज दिउँसो १ बजे रास्वपाको केन्द्रीय कार्यालय पुग्ने भएका छन्। 

रास्वपाका अनुसार केन्द्रीय समितिको बैठक आज २ बजे बस्नेछ। बैठकपछि पार्टी सभापति रवि लामिछानेसहित बालेन शाह आज साँझ नै ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने रास्वपाले जानकारी दिएको छ। 

जनकपुर भ्रमणको क्रममा पार्टीका विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने जनाइएको छ।  

प्रकाशित: ४ माघ २०८२ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App