भारतको पानीट्याङ्की नाकाबाट नेपालतिर आउँदै गर्दा मेचीनगर–३ का २६ वर्षीय अरुण राईलाई शुक्रबार साँझ मेची पुलबाट पक्रेको लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले जनाएको छ।
काँकडभिट्टाको सीमावर्ती भारतीय बजार पानीट्याङ्कीबाट रिक्सा चढेर आइरहेका राईको गतिविधि शङ्कास्पद लागेर जाँच गर्दा लागुऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्तलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ। रासस
प्रकाशित: १६ श्रावण २०७२ ००:२४ शनिबार





