१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

नवजात शिशु मारेर फाल्ने आमा पक्राउ

सोलुखुम्बु– अाफैले जन्माएको नवजात शिशु  मारेर फाल्ने सोताङ–९ बस्ने २७ वर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ।


 

विवाहित वि.क.ले साउन १० गते बिहान घर छेउको बारीमा छोरी जन्माई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेकी थिइन्। सो घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको हो। शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको प्रहरीकाे केन्द्रीय समाचार कक्षले जनाएकाे छ।

प्रकाशित: १५ श्रावण २०७२ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App