१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

'नेपाल मानवतस्करीको ट्रान्जिट'

काठमाडौं-नेपाली पुरुष, महिला र बालबालिकालाई दुई दर्जनभन्दा बढी देशमा जबर्जस्ती काम तथा यौनधन्दामा लगाइने गरेको प्रतिवेदन अमेरिकाले सार्वजनिक गरेको छ।


अमेरिकी विदेशमन्त्री जोन केरीले सोमबार वासिङ्टनमा सार्वजनिक गरेको 'ट्राफिकिङ इन पर्सन्स, २०१५' प्रतिवेदनमा नेपाललाई मानवतस्करीको स्रोत, ट्रान्जिट र गन्तव्य राष्ट्रको रुपमा चित्रण गरिएको छ।
नेपाललाई 'टायर २' मा राखिएको उक्त प्रतिवेदनमा विश्वका १ सय ८८ राष्ट्रलाई समेटिएको छ।
'पुरुष, महिला र बालबालिकालाई जबर्जस्ती काम तथा यौनधन्दामा लगाउने नेपाल स्रोत, ट्रान्जिट र गन्तव्य राष्ट्र हो,' प्रतिवेदनमा भनिएको छ, 'नेपाल, भारत, मध्यपूर्वी राष्ट्र, एसिया र अफ्रिकी राष्ट्रमा नेपाली महिला र युवतीलाई जर्बजस्ती यौनधन्दामा लगाईएको छ।'
नेपाल, भारत, मध्यपूर्वी राष्ट्र, एसिया र अमेरिकाको निर्माण, उद्योग, खानी, घरेलु कामदार र वयश्क मनोरञ्जन उद्योगहरुमा जबर्जस्ती नेपाली पुरुष, महिला र बालबालिकालाई काम तथा यौनधन्दामा लगाइने गरेको जनाइएको छ।
खाडी राष्ट्र साउदी अरब, इराक, युनाइटेड अरब इमिरेट्स (युएई), इजरायल, जोर्डन, लेबनान, कुवेत, ओमान, कतार, बहराइन, साइप्रस, इजिप्ट, टर्की लगायत देशमा नेपाली पुरुष तथा महिलालाई अवैध तरिकाले पुर्या।इएको छ। केही खाडी राष्ट्रमा जान सरकारले प्रतिबन्ध लगाए पनि तस्कर ले ती देशमा पुर्यामएका छन्। अवैध तरिकाले खाडी राष्ट्र पुर्या इएका नेपाली पुरुष तथा महिलालाई जबर्जस्ती काम तथा यौनधन्दामा लगाइएको प्रतिवेदनमा उल्लेख छ।
'अवैध तरिकाले विभिन्न राष्ट्रमा पुर्याथई जबर्जस्ती काम तथा यौनधन्दामा लगाउन केही म्यानपावर एजेन्सी संलग्न छन्। एजेन्सीहरुले ठूलो संख्यामा नेपालीलाई अवैध तरिकाले भारतको बाटो हुँदै लग्ने गरेका छन्,' प्रतिवेदनमा छ।
तस्करहरुले अफ्रिकी राष्ट्रहरु मादागास्कर, नाइजेरिया, युगान्डा, केन्या, दक्षिण अफ्रिका, मौरिसस, तान्जानिया लगायत देशमा नेपाली पुरुष तथा महिलालाई जबर्जस्ती काम तथा यौनधन्दामा लगाउने गरेको प्रतिवेदनमा छ।
अफ्रिकी राष्ट्रमा पुग्ने अधिकांश नेपाली महिलालाई त्यहाँको डान्स बार, डिस्को, मसाज केन्द्र, पार्लरहरुमा जबर्जस्ती काममा लगाइने गरेको छ। क्यारेबियन राष्ट्र सेन्ट लुसियामा समेत तस्करले नेपालीलाई पुर्याोएका छन्।
'नेपाली र भारतीय महिलालाई तान्जानियाको क्यासिनोमा जबर्जस्ती काम तथा यौनधन्दामा लगाइएको छ,' प्रतिवेदनमा स्पष्ट भनिएको छ। २२ जना नेपाली तथा भारतीय महिला जबर्जस्ती काम तथा यौनधन्दा लगाइएको अवस्थामा तान्जानियामा भेटिएको प्रतिवेदनमा उल्लेख छ।
एसियाली राष्ट्रहरु चीन, मलेसिया, दक्षिण कोरिया, हङकङ, भारत, पाकिस्तान, माल्दिभ्सलगायत राष्ट्रमा नेपाली पुरुष, महिला र बालबालिकालाई जबर्जस्ती काम तथा यौनधन्दामा लगाइएको छ। महिलालाई विभिन्न राष्ट्र पुर्याोई यौनधन्दामा लाग्न बाध्य पार्न नेपाली तस्कर पनि संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१४ नेपाली तस्करले दुई जना तिब्बतियन महिलालाई बुर्किना पासोमा पुर्या ई जबर्जस्ती यौनधन्दामा लगाएको प्रतिवेदनमा जनाइएको छ। यस्तै, भारतको बिहारबाट आउने पुरुषलाई नेपालभित्र जबर्जस्ती काममा लगाइने गरेको समेत बताइएको छ।
तस्करले नेपाली पुरुष तथा महिलालाई अमेरिका लैजाने प्रलोभन देखाई ब्राजिल, बोलिभिया, गुयना, कोस्टारिका, ग्वाटेमाला, पानामा, मेक्सिकोलगायत दक्षिण तथा उत्तरी अमेरिकी राष्ट्रमा जबर्जस्ती काममा लगाउने गरेका छन्।
'ठूलो संख्यामा नेपाली, अफगानी र बंगलादेशी महिला जसमा बढी बालबालिका पर्छन्, उनीहरुलाई भारतमा विभिन्न सहरमा यौनधन्दामा लगाइन्छ।
नेपाल–भारत सीमा तथा कोलकाता, मुम्बई, दिल्ली, गुजरात सहर महिला तस्करी हुने मुख्य गन्तव्य हुन्,' प्रतिवेदनमा उल्लेख छ।
नेपाली पुरुषलाई भने भारतको मेघालयमा रहेका कोइला खानीमा जबर्जस्ती काममा लगाइने गरेको जनाइएको छ। दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्समा समेत नेपालीलाई अवैध तकिराले पुर्याइइने गरिएको छ। प्रतिवेदनमा नेपाली महिलालाई पाकिस्तानमा समेत जर्बजस्ती यौनधन्दामा लगाइएको जनाइएको छ।
तस्करहरुले नेपाली कम उमेरका पुरुषलाई उमेर बढाई खाडी राष्ट्र पुर्याकउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन तयारीका बेला कतारमा १६ वर्षे नेपाली युवक भेटिएको जसको राहदानीमा उमेर २० वर्ष उल्लेख गरिएको थियो। जबर्जस्ती काम गर्न बाध्य पारिएपछि उसको पछि कतारमै मृत्यु भएको प्रतिवेदनमा छ।
बंगलादेशीलगायत केही विदेशी नागरिकलाई खाडी राष्ट्र पुर्यााउन तस्करहरुले नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरेको समेत जनाइएको छ। यस्ता विदेशी नेपाली राहदानीसमेत प्रयोग गर्ने गरेका छन्। प्रतिवेदनअनुसार सन् २०१४ मा सरकारले ४ सय ५४ जनामाथि मानवतस्करी आरोपमा मुद्दा चलाएको थियो, जब कि अघिल्लो वर्ष यो संख्या ३ सय ७५ थियो। अदालतले सन् २०१४ मा २ सय ३ जनालाई मानव तस्करीमा संलग्न भएको पुष्टि गरेको थियो। अघिल्लो वर्ष भने यो संख्या १ सय १९ थियो।
सरकारले मानव बेचबिखन गर्ने दिशामा कानुन कार्यान्वयन तथा पीडितको संरक्षण गर्ने दिशामा सामान्य सुधार गरेको पनि प्रतिवेदनमा औंल्याइएको छ।

प्रकाशित: १२ श्रावण २०७२ २०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App