४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

चोरीको सामान किन्ने दुईसहित गोदाम चोर पक्राउ

काठमाडौं– नक्कली चावी बनाएर कम्प्युटरको पसलबाट २० लाख रुपैयाँभन्दा बढीको सामान चोरी गरेको र चोरीको सामान किनेको आरोपमा तीन जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त जनसेवाले चोरीमा संलग्न रहेको आरोपमा बिजय लोप्चन र उनले चोरेको सामान किनेको आरोपमा सविन कर्माचार्य र गम्भीर सुनारलाई पक्राउ गरेको हो।

वृत्तका प्रमुख विनोद घिमिरेका अनुसार २० दिनअघिदेखी ताम्राकार हाउस नजिक रहेको हिमकम इन्टरनेशनल कमप्युटर पार्टस्को थोक पसलमा नियमित चोरी भइरहेको थियो। सन्तोश श्रेष्ठको गोदामबाट पटक–पटक ल्यापटपलगायत २० लाख रुपैंया बढीका कम्प्युटरका पार्टस्हरु चोरी भएपछि प्रहरीले निगरानी बढाएको थियो।

निगरानीको क्रममा सिन्धुपाल्चोकका लोप्चनले सो गोदामको नक्कली चावी बनाएर गोदाम बन्द भएको अवस्थामा खोली सामान चोर्ने गरेको खुलेपछि उनी कालोपुलबाट पक्राउ परेका हुन् । घिमिरेका अनुसार चोरी आरोपमा पक्राउ परेका लोप्चनले एक महिनाअगाडि मात्रै सो पसलमा काम छाडेका थिए । अनुसन्धानमा उनले चोरीको योजना बनाएर गोदामको नक्कली चावी बनाएपछी काम छाडेको खुलेको छ।

पक्राउ परेका लोप्चनको बयानबाट उनले चोरी गरेको सामानहरु खिचापोखरीस्थित प्रिन्टिङ प्रेश संचालक सविन कर्माचार्य र टेबहाल संकटास्थित लिना ट्रेड कन्सर्नका संचालक गम्भीर सुनारले किन्ने गरेको खुलेपछी प्रहरीले उनीहरुलाई समेत पक्राउ गरेको हो।

प्रकाशित: १२ श्रावण २०७२ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App