रोल्पा-महिला माथि जवर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई पुर्पक्षका जिल्ला कारागार चलान गरिएको छ। पश्चिम जिनाबाङ–८ का ३४ बर्षीय खमर सिं वलीलाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो।उनलाई जिल्ला अदालत रोल्पाको आदेश बमोजिम कारागार चलान गरिएको हो। वलीले असार ४ गते एक युवतीलाई जवर्जस्ती करणी गर्न खोजेका थिए।
ति युवतिले आफूलाई जवर्जस्ती करणी गर्न खोजिएको उजुरी प्रहरीमा दर्ता गराएकी थिईन। उनको उजुरी लगत्तै प्रहरीले वलीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। पीडित महिलाले आफूलाई वलीले जवर्जस्ती करणी गर्न खोजेको दावी प्रहरी समक्ष दिएकी छिन्।
प्रकाशित: १२ श्रावण २०७२ ०६:२६ मंगलबार