१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

गाडीको गियरओयलको विवादमा हत्या

काठमाडौं–राजधानीकोे म्हैपीमा भएको हत्याको कारण गाडीको गियरका राख्ने तेलको विवाद रहेको प्रहरीले खुलाएको छ । साउन १ मा म्हैपीको सागर अटो मोवाइल वर्कसपका कामदार अशोक खड्काको हत्या भएको थियो ।महानगरीय प्रहरी अपराध महाशाखाले खड्काको हत्या अभियोगमा उमेश विक्रम बिष्टलाई पक्राउ गरेपछी बनाउन ल्याएको गाडीमा हालेको गियर ओयलको पैसा नबाडेको झोकमा उनको हत्या भएको जानकारी दिएको हो ।

साउन १ मा विहान साढे ७ वजे सागर अटो मोवाईल वर्कशपमा रहेको बा३च ५४११ नम्बरको गाडीभित्र खड्काको शब फेला परेको थियो । सोही ग्यारेजमा काम गर्ने उनलाई धारिलो हतियारले घाँटीमा प्रहार गरि अण्डकोष समेत चिरी हत्या गरिएको थियो ।

महाशाखाले सोमबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण अनुसार खड्का १८ महिना देखि सो वर्कशपमा काम गर्दै आएका थिए । विष्ट पनि सोही वर्कसपका कामदार हुन् ।

प्रकाशित: ११ श्रावण २०७२ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App